अफ्रिका स्तब्ध: मालीमा भीषण आक्रमण, रक्षामन्त्री सादियो कामाराको मृत्यु

अफ्रिका स्तब्ध: मालीमा भीषण आक्रमण, रक्षामन्त्री सादियो कामाराको मृत्यु

काठमाडौं। पश्चिम अफ्रिकी देश मालीमा जिहादी र विद्रोही समूहले संयुक्त रूपमा गरेको भीषण आक्रमणमा रक्षामन्त्री सादियो कामारा को मृत्यु भएको छ।

शनिबार र आइतबार देशका विभिन्न सहरहरूमा एकैसाथ समन्वयात्मक हमला गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। राजधानी बामाको नजिकै रहेको काटी क्षेत्रमा मन्त्री कामाराको निवासलाई लक्षित गर्दै आत्मघाती आक्रमण भएको बताइएको छ।
सरकारी स्रोतका अनुसार विस्फोटक पदार्थले भरिएको सवारी साधन प्रयोग गरी गरिएको उक्त हमलामा कामारा गम्भीर घाइते भएका थिए। केही समयसम्म प्रतिकार गरे पनि उपचारका क्रममा उनको मृत्यु भएको पुष्टि गरिएको हो।

आक्रमणमा अल-कायदा सँग सम्बन्धित जिहादी समूह तथा पृथकतावादी लडाकूहरूको संलग्नता रहेको बताइएको छ। सैनिक अड्डा, सरकारी संरचना र विभिन्न सहरहरूलाई लक्षित गर्दै एकैपटक हमला गरिएको थियो।

केही स्थानमा विद्रोही समूहले अस्थायी नियन्त्रण लिएको दाबीसमेत गरिएको छ। यसले मालीको सुरक्षा अवस्था झन् जटिल बनेको देखाएको छ।

यो घटना पछिल्ला वर्षहरूकै सबैभन्दा ठूलो र योजनाबद्ध आक्रमणमध्ये एक मानिएको छ। रक्षामन्त्रीको मृत्युले मालीको सैन्य संरचनामा गम्भीर प्रभाव परेको छ भने देशभित्रको अस्थिरता थप बढ्ने संकेत देखिएको छ।

अन्तर्राष्ट्रिय समुदायले घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै सुरक्षा अवस्था नियन्त्रणमा लिन आग्रह गरेका छन्।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

प्रारम्भिक प्रतिवेदनपछि १४ अर्ब ६३ करोडबराबरको बेरुजु असुल
11 घण्टा अगाडि

काठमाडौँ ।लेखापरीक्षणको प्रारम्भिक प्रतिवेदन सम्बन्धित निकायलाई उपलब्ध गराइएपछि१४ अर्ब ६३ करोड २६ ला ...

छुटाउनुभयो कि ?

TOP