नेपालले रुवाण्डालाई हरायो

नेपालले रुवाण्डालाई हरायो

काठमाडौँ  । आइसिसी महिला ट्वान्टी च्यालेन्ज ट्रफीमा नेपालले आयोजक रुवाण्डालाई पराजित गरेको छ । रुवाण्डाको किगालीमा रहेको गहङ्गा क्रिकेट ओभलमा आज भएको खेलमा नेपालले रुवान्डालाई दुई विकेटले हराउँदै जित हात पारेको हो । घरेलु टोली रुवाण्डाले नेपाललाई जितको लागि ८९ रनको लक्ष्य दिएको थियो । जवाफमा नेपालले १९.४ ओभरमा ८ विकेट गुमाउँदै लक्ष्य पूरा ग¥यो ।

नेपालको लागि सम्झना खड्काले सर्वाधिक ४८ रनको योगदान दिइन् । त्यस्तै पूजा महत्तोले १३ तथा विन्दु रावलले १० रन जोडिन् । त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको रुवान्डाले १९.४ ओभरमा सबै विकेट गुमाएर ८८ रनको योगफल बनाएको थियो । रुवाण्डाका लागि चार ब्याटरले मात्र दोहोरो अङ्कमा रन बनाउन सके । एलिस इकुजवेले सर्वाधिक १७ रन बनाइन् भने मर्वे उवासले १५, क्लेरिस उमुटोनिवासेले १३ तथा रोसिन उवेराले १२ रन जोडिन् ।

रुवाण्डालाई कम रनमै समेट्नेक्रममा नेपालका लागि रचना चौधरीले ३, पूजा महतो र कविता कुँवरले समान दुई/दुई तथा मनिष उपाध्याय र रिया शर्माले समान एक/एक विकेट लिइन् । अन्तरराष्ट्रिय क्रिकेट परिषद्ले सुरुआत गरेको यस प्रतियोगिता डबल राउन्ड रोबिन लिगका आधारमा हुनेछ । त्यस्तै लिगको सबै खेलपश्चात् शीर्ष स्थानमा रहने देश विजेता टोली बन्नेछ ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

प्रारम्भिक प्रतिवेदनपछि १४ अर्ब ६३ करोडबराबरको बेरुजु असुल
10 घण्टा अगाडि

काठमाडौँ ।लेखापरीक्षणको प्रारम्भिक प्रतिवेदन सम्बन्धित निकायलाई उपलब्ध गराइएपछि१४ अर्ब ६३ करोड २६ ला ...

छुटाउनुभयो कि ?

TOP