काठमाडौँ । सुधन गुरुङले गृहमन्त्री पदबाट राजीनामा दिएसँगै सरकारभित्र नयाँ समीकरण र नेतृत्वबारे चर्चा चुलिएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले हाल गृहमन्त्रालय आफैं सम्हालिरहेका छन्, तर अब कसलाई जिम्मेवारी दिने भन्ने विषयमा राजनीतिक वृत्तमा विभिन्न अड्कलहरू भइरहेका छन्।
गुरुङको बहिर्गमनपछि गृहमन्त्रीका लागि केही नयाँ अनुहारहरू अगाडि आएका छन्। बालेन पक्षबाट काठमाडौँ महानगरका पूर्व प्रहरी प्रमुख तथा सांसद राजुनाथ पाण्डे, पूर्व एआईजीपी विश्वराज पोखरेल, र सभापति रवि लामिछानेनिकट नेता दीपक बोहरा चर्चामा छन्। यीमध्ये कसलाई प्राथमिकता दिने भन्ने विषय अझै स्पष्ट भइसकेको छैन।
राजुनाथ पाण्डे बालेन्द्र शाहका विश्वासिला पात्र मानिन्छन्। महानगरको प्रशासनिक अनुभव र हालको राजनीतिक सक्रियताले उनलाई बलियो दाबेदार बनाएको छ। उता, विश्वराज पोखरेल पनि दुवै शीर्ष नेताका साझा रोजाइ हुनसक्ने नामका रूपमा हेरिएका छन्, जसले सम्भावित सहमतिको आधार तयार गर्न सक्छ।
दीपक बोहरा भने रवि लामिछानेका नजिकका सहयोगीका रूपमा चिनिन्छन्। अघिल्लो मन्त्रिपरिषद् गठनका बेला पनि उनलाई समावेश गर्ने प्रयास भएको थियो, तर सहमति जुट्न सकेको थिएन। यसपटक भने उनको नाम फेरि अगाडि आएको छ।
पार्टीभित्रको शक्ति सन्तुलन र शीर्ष नेताहरूबीचको समझदारीले अन्तिम निर्णय तय गर्ने देखिन्छ। स्रोतहरूका अनुसार गृहमन्त्री चयनमा हतार नगरिने भए पनि केही दिनभित्रै टुंगो लाग्ने सम्भावना छ।
यसबीच, बालेन्द्र नेतृत्वको मन्त्रिपरिषद्मा छोटो अवधिमै दुई मन्त्री बाहिरिनु पनि चासोको विषय बनेको छ। यसले सरकारको स्थायित्व र निर्णय प्रक्रियामाथि प्रश्न उठाएको छ।
अबको गृहमन्त्री को बन्छ भन्ने प्रश्नको उत्तर प्रधानमन्त्री बालेन्द्र शाह र सभापति रवि लामिछानेबीचको सहमतिमा निर्भर रहनेछ। तीन प्रमुख दाबेदारमध्ये कसले बाजी मार्छ, त्यो केही दिनमै स्पष्ट हुने अपेक्षा गरिएको छ।
काठमाडौँ ।लेखापरीक्षणको प्रारम्भिक प्रतिवेदन सम्बन्धित निकायलाई उपलब्ध गराइएपछि१४ अर्ब ६३ करोड २६ ला ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!