काठमाडौं।अमेरिकी विदेश मन्त्रालयका दक्षिण तथा मध्य एशिया मामिला हेर्ने सहायक विदेशमन्त्री समीर पल कपुर सोमबार बिहान काठमाडौं आइपुगेका छन्। उनी बिहान करिब सवा ६ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मा अवतरण गरेका हुन्।
कपुर तीनदिने औपचारिक भ्रमणका क्रममा नेपाल आएका हुन्। भ्रमण अवधिमा उनले नेपाल सरकारका उच्चस्तरीय नेतृत्वसँग भेटघाट गर्ने कार्यक्रम रहेको परराष्ट्र स्रोतले जनाएको छ। भेटघाटमा द्विपक्षीय सम्बन्ध, क्षेत्रीय सुरक्षा, आर्थिक सहकार्य तथा विकास सहयोगका विषयमा केन्द्रित छलफल हुने अपेक्षा गरिएको छ।
भारतीय मूलका कपुरलाई गत वर्ष अक्टोबरमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले दक्षिण तथा मध्य एशिया मामिला हेर्ने सहायक विदेशमन्त्रीमा नियुक्त गरेका थिए। उनी यसअघि दक्षिण एशियाली सुरक्षा मामिलाका विज्ञका रूपमा कार्यरत थिए। कपुरअघि उक्त जिम्मेवारी डोनाल्ड लु ले सम्हाल्दै आएका थिए।
नयाँ सरकार गठनपछि नेपाल भ्रमणमा आउने उनी हालसम्मकै उच्च तहका अमेरिकी कूटनीतिज्ञमध्ये एक मानिएका छन्। कपुरले आफ्नो बसाइका क्रममा विभिन्न मन्त्रीहरूसँग छुट्टाछुट्टै भेट गर्ने तथा द्विपक्षीय सहकार्यका प्राथमिकता तय गर्ने कार्यक्रम रहेको बताइएको छ।
कपुर बुधबार स्वदेश फर्किने कार्यक्रम रहेको छ।
काठमाडौँ ।लेखापरीक्षणको प्रारम्भिक प्रतिवेदन सम्बन्धित निकायलाई उपलब्ध गराइएपछि१४ अर्ब ६३ करोड २६ ला ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!