रास्वपाको सचिवालय बैठक आज, समानुपातिक उम्मेदवार सिफारिस मुख्य एजेन्डा

रास्वपाको सचिवालय बैठक आज, समानुपातिक उम्मेदवार सिफारिस मुख्य एजेन्डा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ। यसअघि शनिबारका लागि तय गरिएको बैठक आज आइतबारका लागि सारिएको हो।

पार्टीका प्रवक्ता मनिष झाले जारी गरेको सूचनाअनुसार सभापति रवि लामिछानेको निर्देशनमा सचिवालय बैठक आज बिहान १० बजे बस्ने तय गरिएको हो। बैठक काठमाडौंको वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा हुने जनाइएको छ।

प्रवक्ता झाका अनुसार बैठकको मुख्य एजेन्डा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिकतर्फका उम्मेदवारहरूको सिफारिस गर्ने रहेको छ। पार्टीभित्र विभिन्न समूहबाट आएका नामहरूबारे छलफल गरी अन्तिम निर्णयका लागि सिफारिस गर्ने तयारी रहेको बताइएको छ।

रास्वपाले आगामी संसदीय प्रक्रिया र संगठनात्मक तयारीलाई ध्यानमा राख्दै समानुपातिक सूची टुंगो लगाउने उद्देश्यले बैठक बोलाएको जनाएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?

TOP