काठमाडौं।श्रीलंकाको तटनजिकै अन्तर्राष्ट्रिय जलक्षेत्रमा इरानी नौसेनाको एक युद्धपोत पनडुब्बी आक्रमणपछि ध्वस्त भएको छ। समाचार संस्था रोयटर्सका अनुसार उक्त घटनामा कम्तीमा १०१ जना बेपत्ता भएका छन्।
अमेरिकी रक्षासचिव पिट हेगसेथले रक्षा मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा एक अमेरिकी पनडुब्बीले स्वचालित विस्फोटक क्षेप्यास्त्र प्रहार गरी इरानी युद्धपोतलाई डुबाएको बताएका छन्। उनले दोस्रो विश्वयुद्धपछि शत्रु राष्ट्रमाथि गरिएको यस प्रकारको पहिलो आक्रमण भएको दाबी गरेका छन्।
आईआरआईएस डेना नामक करिब ९४ मिटर लामो युद्धपोत सन् २०१० देखि इरानी नौसेनाको सेवामा रहेको बताइएको छ। आक्रमणको समयमा जहाजमा करिब १८० जना नौसैनिक तैनाथ रहेको जनाइएको छ।
श्रीलंकाली नौसेनाका स्रोतहरूका अनुसार हालसम्म ७९ जनाको उद्धार गरी विभिन्न अस्पतालमा भर्ना गरिएको छ। उद्धार गरिएकामध्ये एकजनाको अवस्था गम्भीर रहेको छ। बाँकी १०१ जना बेपत्ता रहेको र जहाज पूर्ण रूपमा डुबिसकेको जनाइएको छ।
श्रीलंकाका विदेशमन्त्री विजिता हेरातले संसद्मा जानकारी दिँदै आपतकालीन सन्देश प्राप्त भएपछि बिहान करिब ६ बजे राहत तथा उद्धार अभियान सुरु गरिएको बताएका छन्। उनले घटनाबारे विस्तृत छानबिन गरिने र आवश्यक कूटनीतिक कदम चालिने पनि बताएका छन्।
यस घटनापछि हिन्द महासागर क्षेत्रको सुरक्षा अवस्था थप संवेदनशील बनेको विश्लेषण गरिएको छ। सम्बन्धित देशहरूबीच कूटनीतिक संवाद तीव्र हुने अनुमान गरिएको छ।
काठमाडौँ । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको सम् ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!