स्थानीय र प्रदेश चुनावमा अवसर नपाएकालाई प्राथमिकता दिइने : सभापति थापा !

स्थानीय र प्रदेश चुनावमा अवसर नपाएकालाई प्राथमिकता दिइने : सभापति थापा !

बारा । नेपाली कांग्रेस का सभापति गगनकुमार थापा ले कांग्रेस सबै जातजातिको साझा पार्टी भएकाले अवसर नपाएका स्थानीय समुदायलाई आगामी स्थानीय र प्रदेश निर्वाचनमा प्राथमिकता दिइने बताएका छन्।

बाराको कोल्हबी नगरपालिका मा शनिबार आयोजित बारा क्षेत्र नं. १ स्तरीय चुनावी सभालाई सम्बोधन गर्दै उनले विगतमा आफूहरूबाट केही कमजोरी भएको भए आगामी चुनावमार्फत सच्याइने बताए।

‘कांग्रेस सबै जातजातिको साझा पार्टी हो। जहाँ जहाँ अन्याय महसुस भएको छ भन्ने लागेको छ, अब आउने स्थानीय र प्रदेश सभाको चुनावमा अवसर पाउनुहुन्छ,’ उनले भने, ‘आज केही कमजोरी भएको छ भने प्रदेशको चुनावमा सच्याउने काम गर्छौं। कुनै समुदायले अन्याय महसुस गरेको छ भने त्यसको क्षतिपूर्ति अर्को चुनावबाट गर्छौं।’

सभापति थापाले फागुन २१ गते हुने निर्वाचनमा पार्टीभित्र कुनै गडबडी नगरी एकजुट भएर कांग्रेसका उम्मेदवारलाई मत दिन आग्रह गरे।

उनले आगामी पाँच वर्ष विकास, सुधार र स्थिरताको ग्यारेन्टी कांग्रेसले लिएको दाबी गर्दै देशलाई द्वन्द्व र अस्थिरतातर्फ जान नदिने प्रतिबद्धता जनाए।

‘यो पाँच वर्ष नेपालमा अब दुर्घटना हुँदैन। हामी हुन दिन्नौं, सम्हाल्छौं। कुनै दुर्घटना हुन दिन्नौं, द्वन्द्व हुन दिन्नौं—न जातका नाममा, न धर्मका नाममा, न मधेस–पहाडका नाममा, न हुने खाने र हुँदा खानेका नाममा। कांग्रेसको सरकार गतिमा हिँड्छ,’ उनले भने।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

जनताको आशा र विश्वास कायम राख्न रास्वपा उपसभापति अर्यालको आग्रह
3 घण्टा अगाडि

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद अर्यालले जनताको आशा र विश्वासला ...

छुटाउनुभयो कि ?

TOP