काठमाडौं।नेपाली कांग्रेसका सभापति गगन थापाले मध्यपूर्वमा बढ्दो तनावपूर्ण परिस्थितिप्रति गहिरो चिन्ता व्यक्त गर्दै त्यहाँ रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई सुरक्षा सतर्कता अपनाउन आग्रह गरेका छन्।
थापाले सामाजिक सञ्जालमार्फत जारी संदेशमा सबै नेपाली नागरिकलाई अत्यावश्यक कामबाहेक सुरक्षित स्थानमै रहन र सुरक्षा नियमको पूर्ण पालना गर्न भनेका छन्। उनले लेखेका छन्, “मध्यपूर्वमा विकसित पछिल्लो तनावपूर्ण परिस्थितिले हामीलाई चिन्तित बनाएको छ। विभिन्न देशहरूमा रहनुभएका सम्पूर्ण हाम्रा नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको सुरक्षा झन संवेदनशील बनेको छ। आफ्नो ख्याल गर्नुहोला।”
सभापतिले नेपाल सरकार, परराष्ट्र मन्त्रालय र सम्बन्धित देशका नेपाली राजदूतावासहरूलाई त्यहाँ रहेका नेपालीहरूको अवस्थाबारे निरन्तर जानकारी लिएर, उनीहरूको तत्काल सहायता र सुरक्षित व्यवस्थापनका लागि प्रभावकारी कदम चाल्न पनि आग्रह गरेका छन्।
उनीहरूले सबै नेपालीहरूलाई आवस्यक सावधानी अपनाउन, अनावश्यक यात्रा टार्न र संकटको समयमा आपसमा सम्पर्कमा रहन अनुरोध गरेका छन्।
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद अर्यालले जनताको आशा र विश्वासला ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!