काठमाडौँ । आईसीसी पुरुष टी-२० विश्वकप क्रिकेट, २०२६ अन्तर्गत वेस्टइन्डिजविरुद्धको खेलमा नेपालले पहिले ब्याटिङ सुरु गरेको छ । भारतको मुम्बईस्थित वानखडे स्टेडियममा टस हारेर नेपालले ब्याटिङको निम्तो पाएको हो । नेपालले जारी विश्वकपमा समूह चरणको यो तेस्रो खेल खेल्दै छ ।
समूह चरणका खेलमा लगातार दोस्रो हार बेहोरेको नेपाललाई आज जित्नै पर्ने दबाब छ । नेपाल यसअघि इङ्ल्यान्ड र इटालीसँग पराजित भएको थियो । वेस्टइन्डिज दुईपटकको बिश्वकप बिजेता टिम हो । वेस्टइन्डिजले सन् २०१२ र २०१६ मा टी–२० विश्वकपको उपाधि जितेको थियो । नेपाली टोलीमा आज एक खेलाडी परिवर्तन गरिएको छ । ललित राजवंशीको स्थानमा सोमपाल कामीलाई समेटिएको छ ।
नेपालको प्लेइङ-११ मा कुशल भुर्तेल, आशिफ शेख, कप्तान रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, लोकेश बम, गुलशन झा, सोमपाल कामी, करण केसी, नन्दन यादव र सन्दीप लामिछाने छन् । त्यस्तै वेस्ट इन्डिजको प्लेइङ ११ मा शाइ होप, ब्रान्डन किंग, सिम्रोन हेटमायर, रोस्टन चेस, रोभम्यान पावेल, शरफेन रदरफोर्ड, जेसन होल्डर, म्याथ्यु फोर्डे, गुडाकेश मोटी, अकिल होसेन र शमर जोसेफ छन् ।
संबाददाता
- २०८२-११-०३
2 घण्टा अगाडि
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद अर्यालले जनताको आशा र विश्वासला
...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!