काठमाडौं पुस २४ – काठमाडौंको जहरसिंहपौवा–साँखु सडकखण्डमा बुधबार साँझ जिबि राई कम्पनीको बा ४ ख ८७८८ नम्बरको बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ५ पुगेको छ भने ३३ जना घाइते भएका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी एसपी पवन भट्टराईका अनुसार, दुर्घटनामा तीन महिला र दुई पुरुषको मृत्यु भएको हो। घाइतेमध्ये अर्जुन लामिछाने, जो गोकर्णेश्वर नगरपालिका–५ जोरपाटी बस्ने ५५/६० वर्षीय व्यक्ति थिए, उपचारको क्रममा गएराति साढे १२ बजे मृत्यु भएको थियो। यसरी मृतकको संख्या ५ पुगेको छ।
मृतकमध्ये बाँकेको कोहलपुर नगरपालिका–५ घई हाल बुढानीलकण्ठ बस्ने ४९ वर्षीया कामना शर्मा, ताप्लेजुङको पाथीभरा–५ घर भई बुढानीलकण्ठ नगरपालिका–७ बस्ने ५१ वर्षीया इन्दिरा लिम्बु, सिराहा घर भई हाल पेप्सीकोला बस्ने ५५ वर्षीया शान्ति गुप्ता र पाँचथर घर भई हाल गोठाटार बस्ने ६५ वर्षीय देवेन्द्र लिम्बु रहेका छन्।
घाइतेहरुलाई तत्काल नजिकका अस्पतालमा उपचार भइरहेको छ। प्रहरीले दुर्घटनाको कारणबारे अनुसन्धान सुरु गरेको छ। दुर्घटना भएको बस नेचर हब कम्पनी जिबि राईको हो ।
काठमाडौं,माघ २४-आईसीसी टी–२० क्रिकेट विश्वकप आजबाट औपचारिक रूपमा सुरु हुँदैछ । उद्घाटन खेलमा प ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!