काठमाडौं पुस २४— वैदेशिक रोजगारीको नाममा ठगी गर्ने एक व्यक्तिलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुले पक्राउ गरेको छ। बेरोजगार युवायुवतीलाई युके (यूके) पठाइदिने आश्वासन दिँदै ठूलो रकम असुल गरेको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार पक्राउ पर्ने व्यक्ति ललितपुर जिल्लाका स्थायी बासिन्दा तथा हाल भक्तपुरको मध्यपुर थिमी नगरपालिका–२ मा बसोबास गर्दै आएका ३४ वर्षीय अमन महर्जन हुन्। उनले युके रोजगारीका लागि पठाइदिन्छु भन्दै ३ जना पीडितबाट कुल २८ लाख रुपैयाँ ठगी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
उक्त व्यक्तिलाई २०८२ पुस २२ गते मध्यपुर थिमी–२ क्षेत्रबाट पक्राउ गरिएको हो। उनलाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल काठमाडौं पठाइएको प्रहरीले जानकारी दिएको छ।
प्रहरीले पछिल्लो समय वैदेशिक रोजगारीको नाममा हुने ठगीका घटनाहरू बढ्दै गएको भन्दै सर्वसाधारणलाई सचेत रहन आग्रह गरेको छ। वैदेशिक रोजगारीमा जानुअघि सम्बन्धित निकायबाट अनुमति लिएको कम्पनी र व्यक्ति भए–नभएको यकिन गर्न तथा शंकास्पद गतिविधि देखिएमा तुरुन्त प्रहरीमा जानकारी गराउन अनुरोध गरिएको छ।
काठमाडौं,माघ २४-नेपाली कांग्रेसका सभापति तथा सर्लाही–४ का उम्मेदवार गगन थापाले आफू सर्लाही आउन ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!