काठमाडौं पुस २२- जिल्ला उदयपुरस्थित जागृति महिला सामुदायिक वन उपभोक्ता समूहको कोषबाट पाँच लाख १५ हजार रुपैयाँभन्दा बढी रकम हिनामिना गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अध्यक्ष, सचिव, कोषाध्यक्ष र लेखापरीक्षकविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ।
अख्तियारका अनुसार त्रियुगा नगरपालिका–१ स्थित उक्त सामुदायिक वन उपभोक्ता समूहका तत्कालीन अध्यक्ष मिना कुमारी चौधरी, सचिव जानकी कुमारी चौधरी, कोषाध्यक्ष निलम चौधरी थारु र दर्तावाला लेखापरीक्षक तनुक लाल चौधरीले मिलेमतो गरी सार्वजनिक सम्पत्तिको दुरुपयोग गरेका हुन्।
अनुसन्धानबाट भवन निर्माण, वन पैदावार संकलन, उपभोक्तालाई ग्यास सिलिन्डर वितरण तथा हुँदै नभएको सडक ग्राभेल कार्यमा बढी खर्च देखाई कुल रु. ५,१५,३०२ रुपैयाँ ५८ पैसा हिनामिना गरेको पुष्टि भएको अख्तियारले जनाएको छ। भवन निर्माणमा प्राविधिक प्रतिवेदन अनुसार रु. ४,९५,२५१ खर्च देखिनुपर्नेमा लेखापरीक्षणमा रु. ८,०८,४५३ देखाई रु. ३,१३,२०१ रुपैयाँ ५८ पैसा हिनामिना गरिएको थियो।
त्यस्तै, वन पैदावार संकलन र ग्यास सिलिन्डर वितरणमा समेत वास्तविक खर्चभन्दा बढी रकम देखाई थप हिनामिना गरिएको तथा सडक ग्राभेलको काम नै नगरी खर्च देखाइएको अख्तियारको निष्कर्ष छ।
अख्तियारले अध्यक्ष, सचिव र कोषाध्यक्षविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम बिगो बराबर जरिवाना, कैद तथा बिगो असुल उपरको मागदाबी गरेको छ। यस्तै, लेखापरीक्षक तनुक लाल चौधरीविरुद्ध दफा १९ बमोजिम कैद र जरिवानाको सजाय माग गरिएको छ।
उक्त मुद्दा आज विशेष अदालत, काठमाडौंमा दायर गरिएको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिएका छन्।
काठमाडौँ, फागुन १४ -आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बुधबार निर्वाचन आयोगम ...

प्रतिक्रिया