च्यासलको निर्णय : बागमतीको कमाण्ड महेश बस्नेतलाई

च्यासलको निर्णय : बागमतीको कमाण्ड महेश बस्नेतलाई

काठमाडौँ पुस २२- नेकपा एमालेले बागमती प्रदेशको संगठनात्मक कमाण्ड महेश बस्नेतलाई सुम्पिएको छ। मंगलबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले बस्नेतलाई बागमती प्रदेश संयोजक तोक्ने निर्णय गरेको हो।

उपमहासचिव लेखराज भट्टका अनुसार पार्टी संगठनलाई थप सशक्त बनाउने रणनीतिअन्तर्गत प्रदेश संयोजकहरू तोकिएको हो। राजनीतिक, प्रशासनिक र जनसंख्या दृष्टिले महत्वपूर्ण मानिने बागमती प्रदेशको जिम्मेवारी बस्नेतलाई दिनु एमालेको रणनीतिक निर्णयका रूपमा हेरिएको छ।

सचिवालय बैठकले कोशी प्रदेशमा शेरधन राई, मधेस प्रदेशमा लीलानाथ श्रेष्ठ, राजधानी प्रदेशमा राजन भट्टराईलाई संयोजक तोकेको छ। यस्तै गण्डकी प्रदेशमा खगराज अधिकारी, कर्णाली प्रदेशमा यामलाल कँडेल र सुदूरपश्चिम प्रदेशमा गणेश ठगुन्नालाई संयोजकको जिम्मेवारी दिइएको छ।

यसैगरी संगठन विभागको संयोजकमा भानुभक्त ढकाललाई तोकिएको उपमहासचिव भट्टले जानकारी दिए। एमाले नेतृत्वले प्रदेश संयोजकहरूको नियुक्तिले पार्टी संगठनलाई केन्द्रदेखि स्थानीय तहसम्म थप चुस्त र प्रभावकारी बनाउने विश्वास व्यक्त गरेको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

घिसिङको दाबी: ‘अरूलाई होइन, आफैँ प्रधानमन्त्री बनेर देशको नेतृत्व गर्छौँ’
एक महिना अगाडि

काठमाडौं, माघ २२ — उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आफ्नो पार्टी सत्ता निर्माणको ...

छुटाउनुभयो कि ?

TOP