काठमाडौं, पुस ९ — वैदेशिक रोजगार विभागको महानिर्देशक पदमा सहसचिव मीरा आचार्य नियुक्त भएकी छन्। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट २०८२/०९/०७ गते आचार्यलाई विभागको प्रमुख जिम्मेवारी दिइएको हो।
मन्त्रालयका उपसचिव मेघनाथ रिमालका अनुसार अर्को व्यवस्था नभएसम्मका लागि आचार्यलाई महानिर्देशकमा नियुक्त गरिएको हो। नियुक्तिसँगै उनले औपचारिक रूपमा पदबहालीसमेत गरिसकेकी छन्।
यसअघि विभागका महानिर्देशक रहेका कमलप्रसाद भट्टराईको सरुवा भएपछि पद रिक्त रहेको थियो। सोही रिक्त पदमा आचार्यलाई जिम्मेवारी दिइएको मन्त्रालयले जनाएको छ।
वैदेशिक रोजगारीका क्रममा देखिँदै आएका ठगी, अव्यवस्थित श्रम आप्रवासन, श्रमिकको अधिकार संरक्षण तथा सेवा प्रवाहमा सुधार ल्याउने जस्ता चुनौतीपूर्ण विषयहरू आचार्यको नेतृत्वमा समाधान हुने अपेक्षा गरिएको छ। वैदेशिक रोजगार व्यवस्थापनलाई पारदर्शी, प्रभावकारी र श्रमिकमैत्री बनाउने दायित्व उनका सामु रहेको छ।
सरकारले वैदेशिक रोजगार क्षेत्रमा सुधारलाई प्राथमिकतामा राखेको सन्दर्भमा आचार्यको नियुक्तिलाई महत्त्वपूर्ण रूपमा हेरिएको छ।
काठ्मांडौ माघ-९ अध्यागमन विभागले नेपालस्थित विभिन्न दूतावास/नियोगहरुका कन्सुलरहरुसँग विदेशी नागरिक व ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!