काठमाडौं पुस ९ — जबरजस्ती करणी मुद्दामा दोषी ठहर भई कैद भुक्तान गरिरहेका तर फरार भएका तीन जना कैदीलाई प्रहरीले पक्राउ गरेको छ। नेपाल प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का सह–प्रवक्ता तथा प्रहरी उपरीक्षक निरन्जन दत्त भट्टका अनुसार फरार कैदीहरूलाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरी पुनः कारागार चलान गरिएको हो।
पक्राउ पर्नेमा जिल्ला धादिङ धुनीबेंशी नगरपालिका–१ घर भई हाल काठमाडौं महानगरपालिका–१५ डल्लु बस्ने ३४ वर्षीय संजिव परियार उर्फ राजेन्द्र दर्जी, जिल्ला मकवानपुर चुरीयामाई गाउँपालिका–३ घर भई हाल तारकेश्वर नगरपालिका–५ गोलढुंगा बस्ने ३७ वर्षीय राजेन्द्र परियार तथा जिल्ला धादिङ थाक्रे गाउँपालिका–१० घर भई हाल काठमाडौं महानगरपालिका–१५ डल्लु बस्ने ३५ वर्षीय बिवेक परियार उर्फ राजेन्द्र दर्जी रहेका छन्।
उनीहरूलाई जबरजस्ती करणी मुद्दामा जनही १३ वर्ष कैद सजाय तोकिएको थियो। मिति २०७४/०६/०१ गतेदेखि कारागार कार्यालय जगन्नाथदेवल, सुन्धारामा कैद भुक्तान गरिरहेका ती कैदीहरू मिति २०८२/०५/२४ गते Gen-Z आन्दोलनका क्रममा कारागारबाट फरार भएका थिए।
सीआईबीबाट खटिएको प्रहरी टोलीले आज काठमाडौंका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरी कारागार कार्यालय जगन्नाथदेवलमा पेश गरेको प्रहरीले जनाएको छ।
काठ्मांडौ माघ-९ अध्यागमन विभागले नेपालस्थित विभिन्न दूतावास/नियोगहरुका कन्सुलरहरुसँग विदेशी नागरिक व ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!