पोखरा, वैशाख २४ – पोखरा महानगरपालिका–१७ बिरौटामा आयोजना हुन लागेको ऐतिहासिक श्री गण्डकी शत कुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञ को संकल्प सभा एक विशेष कार्यक्रमका बीच सम्पन्न भएको छ।
महायज्ञका संकल्पकर्ता बालयोगेश्वर विजय कृष्ण मूर्ती जी महाराजको आध्यात्मिक नेतृत्वमा वैशाख १७ गतेदेखि जेठ २६ गतेसम्म सञ्चालन हुने महायज्ञको तयारीस्वरूप आज संकल्प सभा आयोजना गरिएको हो।
कार्यक्रममा बोल्दै बालयोगेश्वर महाराजले गण्डकी क्षेत्रमा पहिलोपटक हुन लागेको कोटिहोम महायज्ञको उद्देश्य, महत्व र विशेषता स्पष्ट पार्नुभयो। उहाँले भन्नुभयो, “यो महायज्ञ केवल कर्मकाण्ड होइन, राष्ट्र, संस्कृति र मानव चेतनाको समुन्नतिको यात्रासँग गाँसिएको अभियान हो।”
महाराजका अनुसार, महायज्ञ अवधिभर धार्मिक प्रवचन, गायत्री हवन, शत कुण्डीय यज्ञ, सांस्कृतिक कार्यक्रम, सन्त सम्मेलन लगायत विविध कार्यक्रमहरू सञ्चालन हुनेछन्। महायज्ञले गण्डकी क्षेत्रको धार्मिक पर्यटन प्रवर्द्धनमा समेत टेवा पुर्याउने विश्वास गरिएको छ।
उहाँले महायज्ञबाट संकलित खर्च व्यवस्थापनपछि बाँकी रहेको रकम पोखरा–१७ मा अवस्थित हरिहर मन्दिर, मुक्तेश्वर मन्दिर र कैलाशधाम मन्दिरको संरक्षण तथा विकासमा लगानी गरिने बताउनुभयो।
संकल्प सभामा पोखराका धार्मिक अगुवा, समाजसेवी, विभिन्न संघसंस्था प्रतिनिधि र स्थानीय बासिन्दाहरूको उल्लेख्य सहभागिता रहेको थियो। सहभागी सबैले महायज्ञको सफलताको लागि सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
काठमाडौं ।राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ईनरुवा, सुनसरीस्थित शाखामा कार्यरत सहायक प्रवन्धक तारणी प ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!