थारुलाई मलेरिया लाग्दैन:प्रधानमन्त्री केपि शर्मा ओलि

थारुलाई मलेरिया लाग्दैन:प्रधानमन्त्री केपि शर्मा ओलि

२६ कार्तिक धरान ।प्रधानमन्त्री केपी शर्मा ओलिले थारू जातिलाई मलेरिया  लाग्नै नसक्ने बताएकाछन।

आज धरानमा चिकित्सा शास्त्र अध्ययन गरेका बिद्यार्थीहरुको १३ औ दिक्षान्त समारोहलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन।

मलेरिया र डेङ्गो विरुद्धमा लडेर जित हासिल गरेका हामी नेपालीको रोग प्रतिरोधात्मक क्षमता बलियो भएको  भन्दै प्रधानमन्त्री ओलिले मलेरिया सग लड्दा लड्दा मलेरिया विरुद्ध  जित हासिल गरेका थारुहरुलाइ कुनै पनि हालतमा मलेरियाले छुन नसक्ने कुरा ब्यक्त गर्दा सहभागीले परर ताली बजाए।

मलेरिया  क्रस हुँदा सिक्कल सेल मा पुग्ने हुदा त्यसको खोज अनुसन्धान भैसकेकोले उपचार हुनेमा सबैलाई ढुक्क हुन अनुरोध गरे।

चिकित्सा क्षेत्रमा दिक्षित सबै बिद्यार्थीलाई प्रगतिको शुभकामना ,बधाई दिएका प्रधानमन्त्री ओलिले आगामी दिनमा आफ्नो प्रतिस्पर्धा आफैसग गर्नु त्यो पनि आफुले प्राप्त गरेको नम्बरलाई आफैले जितेर देखाउन आम बिद्यार्थीमा प्रधानमन्त्रीले हौसला थपे।

नेपालीहरुले अबसर पाएमा जे पनि गर्न सक्छन् भन्दै उनले थपे क्यान्सर रोग अध्यन ,अनुसन्धानमा सबै बिद्यार्थी लागेर नयाँ कुराहरु पत्ता लगाई समस्याको समाधानमा जुट्नु होस।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

मुग्लिङ-पोखरा सडक खण्ड खुल्यो
एक बर्ष अगाडि

मंसिर, दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका-१२ छिर्कने देउराली सडकखण्डमा र ...

छुटाउनुभयो कि ?

TOP