१९ वैशाख, काठमाडौं । सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक (आईजीपी)ले आज दर्ज्यानी चिह्न लगाएका छन् । सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल र नेपाल प्रहरीका महानिरीक्षक धिरजप्रताप सिंहलाई गृह मन्त्रालयका सचिव टेक नारायण पाण्डेले दर्ज्यानी चिह्न लगाइदिएका हुन् ।
दज्र्यानी चिन्ह लगाएपछि सञ्चारकर्मीहरुसँग बोल्दै नवनियुक्त महानिरीक्षक सिंहले सांगठनिक क्रियाकलापहरुलाई प्रक्रियागत एवम् पारदर्शी बनाइ कर्मचारीहरुमा जवाफदेहीता बढाउने र अकर्मण्यता पूर्ण रुपमा निर्मुल गर्ने, भ्रष्टाचारको शुन्य सहनशीलता कायम राख्ने कुरामा आफ्नो प्रतिवद्धता रहेको बताउनु भयो । उहाँले अपराधिक तत्वसँगको साँठगाँठलाई निमिट्यान्न पार्ने र आफ्ना सहकर्मीहरुलाई साथमा लिई संगठन सुधारका कार्यहरु लागू गर्ने प्रतिवद्धतासमेत जनाउनु भयो । महानिरीक्षक सिंहले आसन्न वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई सुरक्षित, भयरहित तवरबाट सम्पन्न गर्ने पनि बताउनु भयो ।
नवनियुक्त प्रहरी महानिरीक्षक सिंहले भन्नुभयो, ‘सांगठनिक क्रियाकलापहरुलाई प्रक्रियागत एवं पारदर्शी बनाइ कर्मचारीहरुमा जवाफदेहीता बढाउने र अकर्मण्यता पूर्ण रुपमा निर्मुल गर्ने, भ्रष्टाचारको शुन्य सहनशीलता कायम राख्ने, अपराधिक तत्वसँगको साँठगाँठलाई निमिट्यान्न पार्ने केन्द्रमा राखि आफ्ना सहकर्मीहरुलाई साथमा लिई संगठन सुधारका कार्यहरु लागू गर्ने प्रतिवद्धता जनाउँछु । अहिलेको राष्ट्रिय प्राथमिकता भनेको स्थानीय तहको निर्वाचन हो । यस निर्वाचनलाई सुरक्षित, भयरहित तवरबाट प्रत्येक नागरिकहरुले आफ्नो अधिकारको प्रयोग गर्न सक्ने निर्वाचन सुरक्षा योजनाअनुरुप प्रहरीको सम्पूर्ण श्रोत साधनहरु प्रभावकारी रुपमा परिचालित हुनेछ भन्ने व्यहोरा निवेदन गर्न चाहन्छु ।’
नवनियुक्त प्रहरी महानिरीक्षक सिंहले स्थानीय तहको निर्वाचनमा प्रत्येक नागरिकहरुले आफ्नो अधिकारको प्रयोग गर्न सक्ने निर्वाचन सुरक्षा योजनाअनुरुप प्रहरीको सम्पूर्ण श्रोत, साधनहरु प्रभावकारी रुपमा परिचालित हुने पनि स्पष्ट पार्नुभयो ।
सरकारले सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पदमा सशस्त्र प्रहरी नायब महानिरीक्षक राजु अर्याललाई बढुव ...
प्रतिक्रिया