१८ वैशाख, काठमाडौं । सशस्त्र प्रहरी बल नेपालको प्रहरी महानिरीक्षकमा राजु अर्याल नियुक्त भएका छन् ।
मन्त्रिपरिषद् बैठकले अर्याललाई सशस्त्र प्रहरी बलको प्रमुखमा नियुक्त गरेको हो । यसअघि उनलाई डीआईजीबाट एआईजीमा बढुवा गरेको थियो । उनी एकल दाबेदार हुँदै आईजीपीमा नियुक्त भएका हुन् ।
सशस्त्र प्रहरीका आईजी पुष्पराम केसीले आइतबारदेखि अनिवार्य अवकाश पाएका छन् । ३० वर्षे सेवा अवधिका कारण केसीले आइतबारदेखि अनिवार्य अवकाश पाएका हुन् । केसी गत ३० चैतमा सशस्त्र महानिरीक्षकमा नियुक्त भएका थिए ।
उनी १९ दिनका लागि महानिरीक्षक बनेका थिए । दुई जना एआईजी रहने सशस्त्र प्रहरी बलमा सरकारले अर्याललाई एकल बढुवा गर्दै आईजीपीको लागि बाटो खुला गरिदिएको थियो ।
२२ वैशाख, काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्माले स्थानीय तह निर्वाचनका लागि नेपाल सरकारबाट प्राप् ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!