धनुषामा गाँजाका पुरिया बनाएर बिक्री गरेको आरोपमा दुई जना पक्राउ

धनुषामा गाँजाका पुरिया बनाएर बिक्री गरेको आरोपमा दुई जना पक्राउ

जनकपुरधाम । गाँजालाई स-साना पुरियामा प्याक गरी बिक्री गरेको आरोपमा धनुषामा दुई जना पक्राउ परेका छन्। प्रहरीले उनीहरूको साथबाट कुल ४ सय ५३ ग्राम गाँजा बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार पक्राउ पर्नेमा गणेशमान चारनाथ नगरपालिका-९ बरमझियाका ३२ वर्षीय अब्दुल रहमान र जनकपुरधाम उपमहानगरपालिका-२० रूपैठाका ३५ वर्षीय रामललित साह छन्।

प्रहरीका अनुसार रहमानले आफ्नै घरमा गाँजाका पुरिया बनाएर प्रतिपुरिया एक सय रुपैयाँमा बिक्री गर्ने गरेको सूचना प्राप्त भएको थियो। सोही सूचनाका आधारमा इलाका प्रहरी कार्यालय सबैलाबाट खटिएको टोलीले आइतबार उनको घरमा खानतलासी गर्दा ५५ वटा पुरियामा प्याक गरिएको ३६० ग्राम गाँजा बरामद गरेको हो।

त्यस्तै, साहलाई गत कात्तिक ५ गते रूपैठाबाट १४ वटा पुरियामा राखिएको ९३ ग्राम गाँजासहित पक्राउ गरिएको प्रहरी प्रवक्ता एवं डीएसपी ओमप्रकाश खनालले जानकारी दिए।

पक्राउ परेका दुवै जनामाथि लागुऔषधसम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हुम्लाको श्रीनगरमा मौलिक बस्ती, एउटै घरमा मानिस र पशु राख्दा सरसफाइमा चुनौती
13 मिनेट अगाडि

हुम्ला । माटो र ढुङ्गाले बनेका घर, एकअर्कासँग जोडिएका छत अनि भुइँतलामा पशुचौपाया र माथिल्लो तलामा मा ...

छुटाउनुभयो कि ?

TOP