इलाममा बोलेरो दुर्घटना, २१ वर्षीय चालकको घटनास्थलमै मृत्यु

इलाममा बोलेरो दुर्घटना, २१ वर्षीय चालकको घटनास्थलमै मृत्यु

इलाम । इलाममा बोलेरो गाडी दुर्घटना हुँदा २१ वर्षीय चालकको घटनास्थलमै मृत्यु भएको छ।

देउमाई नगरपालिका-१ चमैतास्थित चौरीबजारतर्फ जाँदै गरेको बोलेरो आज बिहान अनियन्त्रित भएर सडकबाट खसेको प्रहरीले जनाएको छ।

दुर्घटनामा देउमाई नगरपालिका-१ चमैताका २१ वर्षीय चालक विपिन दियालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?

TOP