कञ्चनपुरमा भन्सार छलीका २ लाख ७३ हजारका सामान बरामद

कञ्चनपुरमा भन्सार छलीका २ लाख ७३ हजारका सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली नेपाल भित्र्याइएका करिब २ लाख ७४ हजार रुपैयाँ बराबरका सामान सशस्त्र प्रहरीले बरामद गरेको छ।

भीमदत्त नगरपालिका-१० स्थित भन्सार रोड क्षेत्रबाट आइतबार बिहान सशस्त्र प्रहरी निरीक्षक सागर सिंह धामीको कमान्डमा खटिएको टोलीले २ लाख ७३ हजार ९२० रुपैयाँ बराबरका सामान बरामद गरेको हो।

सशस्त्र प्रहरीका अनुसार बरामद सामानमा इलेक्ट्रोनिक सामग्री, महिलाका कपडा तथा किराना सामान रहेका छन्। ती सामान बेवारिसे अवस्थामा फेला परेका थिए।

बरामद सामान आवश्यक कारबाहीका लागि कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?

TOP