चर्चामा
काठमाडौं । झन्डै दुई दशकदेखि सत्ताको प्रभावमा रहेका राजनीतिक नेतृत्वलाई चुनौती दिँदै सर्बियामा विद्यार्थी आन्दोलनबाट उदाएको समूह संसदीय चुनावमा प्रतिस्पर्धामा उत्रिएको छ।आइतबार, अक्टोबर २५ मा भएको निर्वाचनमा पूर्वराष्ट्रपति अलेक्जान्डर भुचिचको सर्बियन प्रोग्रेसिभ पार्टी र विद्यार्थी समर्थित ‘स्टुडेन्ट्स लिस्ट’बीच कडा प्रतिस्पर्धा देखिएको छ।
सन् २०२४ मा नोभी सादस्थित रेल्वे स्टेसनको छानो खस्दा १६ जनाको मृत्यु भएपछि सर्बियामा विद्यार्थी नेतृत्वको आन्दोलन चर्किएको थियो। आन्दोलनकारीले भ्रष्टाचारको छानबिन, सरकारी जवाफदेहिता र संस्थागत सुधारको माग गर्दै आएका छन्।भुचिचको नेतृत्वमा रहेको पक्षले स्थिरता र आर्थिक विकासलाई प्राथमिकता दिँदै आएको छ भने विद्यार्थी समर्थित समूहले भ्रष्टाचार नियन्त्रण र लोकतान्त्रिक सुधारलाई मुख्य एजेन्डा बनाएको छ।
चुनावको परिणामले सर्बियाको आगामी राजनीतिक दिशा निर्धारण गर्ने अपेक्षा गरिएको छ। मतदानपछि आधिकारिक नतिजा सार्वजनिक हुन बाँकी रहेकाले कुन पक्षले बहुमत ल्याउँछ भन्ने स्पष्ट भइसकेको छैन।
चङ्खेली गाउँपालिका–६ स्थित मेल्छाम स्वास्थ्य चौकीका इन्चार्ज हर्क बुढाका अनुसार मृत्यु हुनेहरू ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!