सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका अलराउन्डर फाबियन एलेन अनुबन्धित

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका अलराउन्डर फाबियन एलेन अनुबन्धित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण सुरु हुनुअघि सुदूरपश्चिम रोयल्सले वेस्ट इन्डिजका अनुभवी अलराउन्डर फाबियन एलेनलाई टोलीमा अनुबन्ध गरेको छ।

३१ वर्षीय एलेन बायाँहाते ब्याटर तथा बायाँहाते स्पिन बलर हुन्। टी-२० क्रिकेटमा आक्रामक ब्याटिङ र उपयोगी स्पिन बलिङका लागि परिचित उनको आगमनले सुदूरपश्चिमको तल्लो क्रमको ब्याटिङ र स्पिन बलिङलाई बलियो बनाउने अपेक्षा गरिएको छ।

एलेनले वेस्ट इन्डिजका लागि २० एकदिवसीय अन्तर्राष्ट्रिय र ४२ टी-२० अन्तर्राष्ट्रिय खेल खेलेका छन्। एकदिवसीयमा उनले २०० रन बनाउनुका साथै सात विकेट लिएका छन् भने टी-२० अन्तर्राष्ट्रियमा २९८ रन र २४ विकेट उनको नाममा छ।

समग्र टी-२० क्रिकेटमा १७८ खेल खेलेका एलेनले १ हजार ६३४ रन बनाउनुका साथै १०९ विकेट लिएका छन्। उनले विश्वका विभिन्न फ्रेन्चाइज टी-२० लिगमा समेत अनुभव बटुलेका छन्।

सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्काले एलेनको अलराउन्ड क्षमताबाट टोलीलाई फाइदा पुग्ने विश्वास व्यक्त गरेका छन्। एलेनले पनि सुदूरपश्चिमबाट एनपीएल खेल्न र समर्थकसामु राम्रो प्रदर्शन गर्न उत्साहित रहेको बताएका छन्।

एनपीएलको तेस्रो संस्करण सोमबारदेखि काठमाडौंको कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुँदैछ। सुदूरपश्चिम रोयल्सले प्रतियोगिताका अघिल्ला दुवै संस्करणमा उपविजेतामा चित्त बुझाएको थियो। यसपटक टोली उपाधि जित्ने लक्ष्यसहित मैदानमा उत्रनेछ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हुम्लामा रुघाखोकीको प्रकोप, तीन सातामा चार जनाको मृत्यु
12 घण्टा अगाडि

चङ्खेली गाउँपालिका–६ स्थित मेल्छाम स्वास्थ्य चौकीका इन्चार्ज हर्क बुढाका अनुसार मृत्यु हुनेहरू ...

छुटाउनुभयो कि ?

TOP