बलिउडमा ठूलो डेटा लिक, ५०० भन्दा बढी फिल्मका गोप्य दस्तावेज सार्वजनिक

बलिउडमा ठूलो डेटा लिक, ५०० भन्दा बढी फिल्मका गोप्य दस्तावेज सार्वजनिक

मुम्बई । भारतीय फिल्म उद्योग बलिउडसँग सम्बन्धित ५०० भन्दा बढी फिल्मका गोप्य दस्तावेज अनलाइनमा चुहावट भएको छ। भारतको केन्द्रीय फिल्म प्रमाणन बोर्ड (सीबीएफसी) को अनलाइन पोर्टलबाट फिल्मका पटकथा, व्यावसायिक सम्झौता र प्रमाणपत्रसम्बन्धी विवरण सार्वजनिक भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

फिल्मलाई प्रदर्शनका लागि प्रमाणपत्र दिने प्रक्रिया सञ्चालन हुने सीबीएफसीको 'ई-सिनेप्रमाण' पोर्टलमा रहेका केही दस्तावेज इन्टरनेट अर्काइभमा डाउनलोड गर्न मिल्ने गरी उपलब्ध गराइएको बताइएको छ।

चुहावट भएका सामग्रीमा फिल्मका पटकथासँगै वितरण सम्झौता, प्रमाणपत्र शुल्क तथा फिल्मसँग सम्बन्धित अन्य व्यावसायिक कागजातसमेत रहेको जनाइएको छ। यस्ता विवरण सार्वजनिक हुँदा फिल्म निर्माता र वितरकको व्यावसायिक गोपनीयता तथा कारोबारमा असर पर्न सक्ने चिन्ता बढेको छ।

डेटा कसरी चुहावट भयो र घटनाबाट कति जानकारी प्रभावित भयो भन्ने विषय भने खुल्न सकेको छैन। समाचारअनुसार सीबीएफसीले घटनाबारे छानबिन सुरु गरेको छ भने भारतीय साइबर सुरक्षा निकायलाई पनि जानकारी गराइएको छ।

यस घटनाले फिल्म उद्योगका संवेदनशील कागजातको डिजिटल सुरक्षा र सरकारी अनलाइन प्रणालीको सुरक्षामाथि प्रश्न उठाएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हुम्लामा रुघाखोकीको प्रकोप, तीन सातामा चार जनाको मृत्यु
12 घण्टा अगाडि

चङ्खेली गाउँपालिका–६ स्थित मेल्छाम स्वास्थ्य चौकीका इन्चार्ज हर्क बुढाका अनुसार मृत्यु हुनेहरू ...

छुटाउनुभयो कि ?

TOP