हुथी आक्रमणको चेतावनीबीच रियाद विमानस्थलमा उडान पुनः सुरु

हुथी आक्रमणको चेतावनीबीच रियाद विमानस्थलमा उडान पुनः सुरु

काठमाडौं । हुथी विद्रोहीको आक्रमणका कारण दुई सातादेखि बन्द रहेको साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा आइतबारदेखि उडान पुनः सुरु भएका छन्। तर, हुथी समूहले विमानस्थललाई अझै सैन्य लक्ष्य रहेको भन्दै थप आक्रमणको चेतावनी दिएको छ।

उडान अनुगमन वेबसाइट 'फ्लाइटराडार' का अनुसार आइतबार बिहान रियाद विमानस्थलबाट एउटा विमान जेद्दाहका लागि उडेको थियो।

विमानस्थलले अक्टोबर २५ देखि टर्मिनल १ बाट आन्तरिक र टर्मिनल २ बाट राष्ट्रिय वायुसेवा कम्पनीले सञ्चालन गर्ने अन्तर्राष्ट्रिय उडान सेवा सञ्चालन गर्ने जानकारी दिएको थियो।

साउदी अरब र उसले समर्थन गरेको यमनको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकार पछिल्ला सातादेखि हुथी विद्रोहीका निरन्तर आक्रमणको सामना गरिरहेका छन्। लामो समयदेखि कायम युद्धविराम भङ्ग भएपछि द्वन्द्व थप चर्किएको छ। यसले यमनमा जारी मानवीय सङ्कटसमेत थप गहिरिने चिन्ता बढाएको छ।

हुथी विद्रोहीका सैन्य प्रवक्ता याह्या सारीले रियाद विमानस्थल असुरक्षित रहेको दाबी गर्दै अन्तर्राष्ट्रिय, क्षेत्रीय तथा स्थानीय वायुसेवा कम्पनी र यात्रुलाई विमानस्थल प्रयोग नगर्न चेतावनी दिएका छन्। उनले विमानस्थललाई सैन्य लक्ष्यका रूपमा लिइएको बताएका छन्।

यसैबीच, साउदी नेतृत्वको सैन्य गठबन्धनले आइतबार बिहान रियाद क्षेत्रमा दुईवटा ड्रोन खसालेको जनाएको छ। उडान पुनः सुरु भए पनि थप आक्रमणको चेतावनीले विमानस्थलको सुरक्षाबारे चिन्ता कायमै छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हुम्लामा रुघाखोकीको प्रकोप, तीन सातामा चार जनाको मृत्यु
12 घण्टा अगाडि

चङ्खेली गाउँपालिका–६ स्थित मेल्छाम स्वास्थ्य चौकीका इन्चार्ज हर्क बुढाका अनुसार मृत्यु हुनेहरू ...

छुटाउनुभयो कि ?

TOP