हवाई दुर्घटना न्यूनीकरण गर्न छुट्टै मौसम निर्देशनालय स्थापना गरिने

हवाई दुर्घटना न्यूनीकरण गर्न छुट्टै मौसम निर्देशनालय स्थापना गरिने

काठमाडौँ । मौसमका कारण हुने हवाई दुर्घटनाको जोखिम घटाउन सरकारले जल तथा मौसम विज्ञान विभागअन्तर्गत छुट्टै हवाई मौसम निर्देशनालय स्थापना गर्ने प्रस्ताव अघि सारेको छ।

विभागले सार्वजनिक गरेको श्वेतपत्रको मस्यौदामा हवाई उडान सुरक्षालाई प्राथमिकता दिँदै यस्तो संरचना निर्माण गर्ने उल्लेख छ। अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आईसीएओ) को मापदण्डअनुसार एभिएसन सिस्टम ब्लक अपग्रेड कार्यक्रम लागू गर्ने योजना पनि समेटिएको छ।

प्रस्तावित व्यवस्थाअनुसार उडान मार्गको मौसम पूर्वानुमानलाई व्यवस्थित बनाउनुका साथै डिजिटल फ्लाइट फोल्डरमार्फत पाइलटलाई मौसमसम्बन्धी सटीक जानकारी उपलब्ध गराइनेछ।

यस्तै, काठमाडौँ उपत्यकामा मौसमको तत्कालीन अवस्था निगरानी गर्न एक्स-ब्यान्ड मौसम राडार स्थापना गर्ने योजना पनि अघि सारिएको छ। यसले मौसममा अचानक हुने परिवर्तनबारे समयमै जानकारी उपलब्ध गराई उडान सुरक्षामा सहयोग पुग्ने सरकारको अपेक्षा छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हुम्लामा रुघाखोकीको प्रकोप, तीन सातामा चार जनाको मृत्यु
12 घण्टा अगाडि

चङ्खेली गाउँपालिका–६ स्थित मेल्छाम स्वास्थ्य चौकीका इन्चार्ज हर्क बुढाका अनुसार मृत्यु हुनेहरू ...

छुटाउनुभयो कि ?

TOP