चर्चामा
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) को प्रभाव युवा पुस्तामा मात्र नभई बालबालिकासम्म पनि पुगेको डा. माधवी भट्टले बताएकी छन्।
डा. भट्टका अनुसार बालेनले स्वदेशी उत्पादन र सेवाको प्रयोगलाई प्राथमिकता दिएको देखेपछि नयाँ पुस्तामा समेत नेपाली ब्रान्डप्रति आकर्षण बढेको छ। उनले डीडीसीको चिज, गोल्डस्टार जुत्ता र नेपाल टेलिकमजस्ता विषयमा बालेनले देखाएको चासोले स्वदेशी उत्पादनबारे जनचर्चा बढाएको उल्लेख गरेकी छन्।
आफ्नै अनुभव सुनाउँदै डा. भट्टले अमेरिकातर्फ फर्कने क्रममा आफ्ना १२ वर्षीय कान्छा छोराले अन्तर्राष्ट्रिय ब्रान्ड नाइकीको सट्टा नेपाली ब्रान्ड गोल्डस्टार रोजेको बताएकी छन्। बालेनको प्रभावकै कारण छोराले गोल्डस्टार रोजेको उनको दाबी छ।
उनको भनाइले बालेनको स्वदेशी उत्पादनप्रतिको प्राथमिकताले बालबालिका तथा नयाँ पुस्ताको रोजाइमा समेत प्रभाव पार्न सक्ने संकेत गर्छ।
चङ्खेली गाउँपालिका–६ स्थित मेल्छाम स्वास्थ्य चौकीका इन्चार्ज हर्क बुढाका अनुसार मृत्यु हुनेहरू ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!