मन्त्री प्रतिभा रावल भोलि चितवन जाँदै, भूमिहीन र सहकारीपीडितसँग छलफल गर्ने

मन्त्री प्रतिभा रावल भोलि चितवन जाँदै, भूमिहीन र सहकारीपीडितसँग छलफल गर्ने

चितवन । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावल भोलि बिहान चितवन आउने भएकी छन्। भ्रमणका क्रममा उनले भूमिहीन, सुकुम्बासी तथा सहकारीपीडितका समस्या र गुनासो प्रत्यक्ष सुन्ने कार्यक्रम रहेको छ।

मन्त्री रावलले जिल्ला भूमि समस्या समाधान समितिका पदाधिकारी तथा स्थानीय सहकारीपीडितसँग छलफल गर्नेछिन्। यस्तै, भरतपुर, कालिका र निर्वाचन क्षेत्र नम्बर १ का नागरिकसँग पनि अन्तरक्रिया गर्ने कार्यक्रम तय भएको छ।

अन्तरक्रियामा भूमिहीन र सुकुम्बासीका समस्या, सहकारीपीडितका गुनासा तथा भूमि व्यवस्थापनका विषयमा छलफल हुनेछ। साथै, मन्त्रालयले हालसम्म गरेका काम, आगामी योजना र समस्या समाधानका सम्भावित उपायबारे पनि जानकारी तथा सुझाव आदानप्रदान गरिने जनाइएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हुम्लामा रुघाखोकीको प्रकोप, तीन सातामा चार जनाको मृत्यु
12 घण्टा अगाडि

चङ्खेली गाउँपालिका–६ स्थित मेल्छाम स्वास्थ्य चौकीका इन्चार्ज हर्क बुढाका अनुसार मृत्यु हुनेहरू ...

छुटाउनुभयो कि ?

TOP