कांग्रेसका २३० पदाधिकारी र सदस्यलाई कात्तिक १२ मा शपथ गराउने तयारी

कांग्रेसका २३० पदाधिकारी र सदस्यलाई कात्तिक १२ मा शपथ गराउने तयारी

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको पद तथा गोपनीयताको शपथ ग्रहण र प्रमाणपत्र वितरण कार्यक्रम कात्तिक १२ गते गर्ने तयारी भएको छ।

कांग्रेस सभापति गगन थापाले असोज ३१ गते नै पद तथा गोपनीयताको शपथ लिइसकेका छन्। तर, उनीबाहेक निर्वाचित तथा निर्विरोध भएका २३० जना पदाधिकारी र केन्द्रीय सदस्यले अझै शपथ लिन र निर्वाचित भएको प्रमाणपत्र पाउन बाँकी छ।

गत असोज १८ देखि २३ गतेसम्म सम्पन्न महाधिवेशनले २३१ सदस्यीय केन्द्रीय समिति चयन गरेको थियो।

कांग्रेस निर्वाचन समितिका सदस्यसचिव अधिवक्ता राजु कटुवालका अनुसार शपथ ग्रहण र प्रमाणपत्र वितरण कार्यक्रम कात्तिक १२ गते गर्ने गरी तयारी भइरहेको छ। यद्यपि, मिति भने निश्चित भइसकेको छैन।

वरिष्ठ उपसभापतिमा निर्वाचित विश्वप्रकाश शर्मा विदेशमा रहेकाले कार्यक्रमको मिति टुङ्गो लगाउन बाँकी रहेको कटुवालले बताएका छन्। शर्मा फर्किएपछि कार्यक्रमको मिति निश्चित गरिने तयारी छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हुम्लामा रुघाखोकीको प्रकोप, तीन सातामा चार जनाको मृत्यु
12 घण्टा अगाडि

चङ्खेली गाउँपालिका–६ स्थित मेल्छाम स्वास्थ्य चौकीका इन्चार्ज हर्क बुढाका अनुसार मृत्यु हुनेहरू ...

छुटाउनुभयो कि ?

TOP