दुई वर्षीया बालिकाको हत्या आरोपमा सौतेनी आमा पक्राउ

दुई वर्षीया बालिकाको हत्या आरोपमा सौतेनी आमा पक्राउ

सप्तरी । सप्तरीको शम्भुनाथ नगरपालिका-३ मा दुई वर्षीया बालिकाको हत्या गरेको आरोपमा प्रहरीले उनकी सौतेनी आमालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा शम्भुनाथ नगरपालिका-२ कन्कपट्टी टोलकी २६ वर्षीया जास्मिन खातुन (मुस्कान) रहेकी छन्। उनी हाल वडा नम्बर ३ स्थित ट्राफिक बजारमा बस्दै आएकी थिइन्।

प्रहरीका अनुसार आइतबार बिहान करिब १०ः३५ बजे बालिका घरबाट हराएकी थिइन्। परिवारका सदस्य र स्थानीयले खोजी गर्ने क्रममा करिब दुई घण्टापछि घरपछाडिको झाडीमा बालिकाको शव फेला पारेका थिए।

प्रारम्भिक अनुसन्धानका क्रममा मृतकका बुबा मोहम्मद इरफानकी कान्छी पत्नी जास्मिनमाथि हत्यामा संलग्न रहेको आरोप लागेको प्रहरीले जनाएको छ। मृतककी आमा रुबिना खातुनले दिएको जाहेरीका आधारमा प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार प्रारम्भिक सोधपुछका क्रममा जास्मिनले आवेशमा आएर बालिकाको हत्या गरेको स्वीकार गरेकी छन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हुम्लामा रुघाखोकीको प्रकोप, तीन सातामा चार जनाको मृत्यु
12 घण्टा अगाडि

चङ्खेली गाउँपालिका–६ स्थित मेल्छाम स्वास्थ्य चौकीका इन्चार्ज हर्क बुढाका अनुसार मृत्यु हुनेहरू ...

छुटाउनुभयो कि ?

TOP