चर्चामा
काठमाडौं । विद्यार्थीको असन्तुष्टिबाट सुरु भएको आन्दोलन हिंसात्मक बन्दै गएपछि फ्रान्सले देशभर करिब ७० हजार सुरक्षाकर्मी परिचालन गरेको छ। विद्यालयको अवस्था र शैक्षिक वातावरणप्रति असन्तुष्टि जनाउँदै सुरु भएको प्रदर्शनमा महँगी र बढ्दो जीवनयापन खर्चबाट असन्तुष्ट सर्वसाधारणसमेत सहभागी भएपछि तनाव बढेको हो।
पेरिसमा आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री लरेन्ट नुनेजले शनिबार देशभर करिब ७० हजार सुरक्षाकर्मी परिचालन गरिएको जानकारी दिएका छन्। उनका अनुसार सामाजिक सञ्जालमार्फत हिंसा र लुटपाटका लागि उक्साउने सन्देशसमेत फैलिरहेका छन्।
राष्ट्रपति इमानुएल म्याक्रोनले शुक्रबार माध्यमिक विद्यालयका विद्यार्थी प्रतिनिधिसँग छलफल गरेका थिए। तर, माग सम्बोधन गर्ने ठोस प्रस्ताव नआएसम्म आन्दोलन जारी राख्न विद्यार्थी प्रतिनिधिहरूले आफ्ना सहपाठीलाई आह्वान गरेका छन्।
म्याक्रोनले प्रदर्शनकारीका जायज माग र लुटपाट, आगजनी तथा तोडफोडका घटनालाई अलग रूपमा हेर्नुपर्ने बताएका छन्। उनले आपराधिक गतिविधिमा संलग्नमाथि कडा कारबाही गर्न पनि आह्वान गरेका छन्।
न्यायमन्त्री जेराल्ड डार्मानिनका अनुसार गत शनिबारको हिंसासँग सम्बन्धित मुद्दामा अदालतले २१७ जनालाई जेल पठाएको छ। जेल पठाइएकामध्ये करिब आधा पहिलोपटक अपराधमा संलग्न भएका व्यक्ति रहेको उनले बताएका छन्।
यसैबीच, ओर्लियन्स सहरमा नेसनल र्याली पार्टीको महाधिवेशन र त्यसको विरोधमा हुने प्रदर्शन एकै समयमा तय भएपछि सम्भावित झडपको चिन्ता बढेको छ। महाधिवेशनमा हजारौँ समर्थक सहभागी हुने अपेक्षा गरिएको छ भने पार्टीविरुद्ध २० हजारदेखि ३० हजारसम्म मानिस सडकमा उत्रिन सक्ने आकलन गरिएको छ।
स्थानीय प्रशासनले सम्भावित झडप रोक्न प्रदर्शनकारीलाई सहरको केन्द्रमा भेला हुन नदिने जनाएको छ। दक्षिणपूर्वी सहर लियोनमा पनि यस सप्ताहान्तमा प्रदर्शनकारीलाई मुख्य सहरी क्षेत्रमा प्रवेश गर्न रोक लगाउने तयारी गरिएको छ।
चङ्खेली गाउँपालिका–६ स्थित मेल्छाम स्वास्थ्य चौकीका इन्चार्ज हर्क बुढाका अनुसार मृत्यु हुनेहरू ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!