चर्चामा
जनकपुरधाम । धनुषामा श्रीमतीको धारिलो हतियार प्रहार गरी हत्या गरेको आरोप लागेका एक पुरुष मृत फेला परेका छन्। घटनामा उनीहरूका चार वर्षीय छोरा घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार गणेशमान चारनाथ नगरपालिका-४, भरतपुरका ३५ वर्षीय उमेश यादवले मिथिला बिहारी नगरपालिका-३, मिथिलेश्वरस्थित ससुरालीमा पुगेर ३० वर्षीया श्रीमती रिना यादव र चार वर्षीय छोरा सम्राट यादवमाथि धारिलो हतियार प्रहार गरेका थिए।
प्रहरीका अनुसार उमेश कात्तिक ७ गते राति करिब ९ बजे ससुराली पुगेका थिए। सोही राति करिब १ः५० बजे उनले श्रीमती र छोरामाथि हतियार प्रहार गरेको र त्यसपछि फरार भएको बताइएको छ।
घटनाको सूचना पाएपछि इलाका प्रहरी कार्यालय धनुषाधामबाट प्रहरी निरीक्षक राजेशकुमार शर्माको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरी प्रवक्ता एवं डीएसपी ओमप्रकाश खनालका अनुसार रिना घाँटीमा धारिलो हतियारले काटिएको अवस्थामा मृत फेला परेकी थिइन्। छोरा सम्राटको दाहिने तिघ्रामा काटिएको चोट लागेको थियो।
घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
चङ्खेली गाउँपालिका–६ स्थित मेल्छाम स्वास्थ्य चौकीका इन्चार्ज हर्क बुढाका अनुसार मृत्यु हुनेहरू ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!