म्यानमामा बस र भ्यान ठोक्किएर खोल्सामा खस्यो, ६ जनाको मृत्यु, १२ घाइते

म्यानमामा बस र भ्यान ठोक्किएर खोल्सामा खस्यो, ६ जनाको मृत्यु, १२ घाइते

काठमाडौं । म्यानमाको मन्डाले क्षेत्रमा ब्रेक फेल भएको एक्सप्रेस बस भ्यानसँग ठोक्किएर करिब ५० फिट गहिरो खोल्सामा खस्दा कम्तीमा ६ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्।

म्यानमाको अग्नि सेवा विभागका अनुसार शनिबार साँझ करिब ६ः०५ बजे पिन ओ ल्विन-मन्डाले सडकखण्डको ओरालोमा दुर्घटना भएको हो। पिन ओ ल्विनबाट मन्डालेतर्फ गइरहेको बसको ब्रेक फेल भएपछि विपरीत दिशाबाट आइरहेको भ्यानसँग ठोक्किएको थियो।

ठक्करपछि बस सडकबाट तल खोल्सामा खसेर पल्टिएको थियो। दुर्घटनालगत्तै स्थानीय अग्नि नियन्त्रक तथा उद्धारकर्मी घटनास्थलमा पुगेर उद्धार कार्य सुरु गरेका थिए।

दुर्घटनामा भ्यान चालकसहित ६ जनाको मृत्यु भएको विभागले जनाएको छ। बसमा सवार २९ जनामध्ये पाँच जनाको ज्यान गएको र १२ जना घाइते भएको बताइएको छ। घाइतेहरूलाई उपचारका लागि अस्पताल लगिएको छ।

दुर्घटनामा परेका तथा बेपत्ता भएका व्यक्तिको खोजी र उद्धार कार्य जारी रहेको विभागले जनाएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हुम्लामा रुघाखोकीको प्रकोप, तीन सातामा चार जनाको मृत्यु
12 घण्टा अगाडि

चङ्खेली गाउँपालिका–६ स्थित मेल्छाम स्वास्थ्य चौकीका इन्चार्ज हर्क बुढाका अनुसार मृत्यु हुनेहरू ...

छुटाउनुभयो कि ?

TOP