चर्चामा
काठमाडौं । आगामी पाँच दिन देशका हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली हुने र केही स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ। तराईका साथै उपत्यका र खोँचहरूमा बिहानपख हुस्सु तथा कुहिरो लाग्न सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाले शनिबार साँझ जारी गरेको पूर्वानुमानअनुसार कोशी र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा हल्का वर्षा वा हिमपात हुन सक्नेछ। बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका हिमाली भूभागमा पनि आंशिक बदली हुने सम्भावना छ।
आइतबार र सोमबार पनि हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ। कोशी र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा केही स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने महाशाखाको अनुमान छ।
त्यस्तै, मंगलबार र बुधबार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ। यस अवधिमा तराईका अधिकांश क्षेत्रमा भने मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ।
बिहानपख तराई, उपत्यका र खोँचका केही स्थानमा हुस्सु तथा कुहिरो लाग्न सक्ने भएकाले सडक र हवाई यातायात प्रभावित हुन सक्ने महाशाखाले जनाएको छ। त्यसैले बिहानको समयमा यात्रा गर्दा आवश्यक सतर्कता अपनाउन र मौसमसम्बन्धी अद्यावधिक सूचना लिन महाशाखाले आग्रह गरेको छ।
महाशाखाका अनुसार आगामी तीन दिन र कात्तिक ११ गतेसम्मका लागि कुनै मौसमी चेतावनी जारी गरिएको छैन।
चङ्खेली गाउँपालिका–६ स्थित मेल्छाम स्वास्थ्य चौकीका इन्चार्ज हर्क बुढाका अनुसार मृत्यु हुनेहरू ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!