वेस्ट बैंकमा इजरायली सेनाको छापा, ३६ प्यालेस्टिनी पक्राउ

वेस्ट बैंकमा इजरायली सेनाको छापा, ३६ प्यालेस्टिनी पक्राउ

वेस्ट बैंक । कब्जामा रहेको वेस्ट बैंकमा इजरायली सेनाले विभिन्न क्षेत्रमा छापा मारेर ३६ जना प्यालेस्टिनीलाई पक्राउ गरेको छ। यसैबीच, जैतुन टिप्ने मौसम चलिरहेका बेला प्यालेस्टिनी किसान र उनीहरूको जमिनमाथि आक्रमणका घटना पनि बढेका छन्।

प्यालेस्टिनी समाचार संस्था वाफाका अनुसार बिहीबार जेनिन क्षेत्रका विभिन्न सहर तथा गाउँबाट १० जना पक्राउ परेका छन्। हेब्रोनको तुकु सहरबाट पूर्वकैदी सोरोक अल–बदानसहित पाँच जना र खिरबेत जवाया गाउँबाट थप १४ जना पक्राउ परेका हुन्। हेब्रोनका अन्य स्थान तथा नाब्लुस र जेरुसेलम क्षेत्रबाट पनि थप सात जना पक्राउ गरिएको जनाइएको छ।

‘द कोलोनाइजेसन एण्ड वाल रेसिस्टेन्ट काउन्सिल’का अनुसार बिहीबार मात्रै प्यालेस्टिनी किसान र उनीहरूको जमिनलाई लक्षित गरी १७ वटा आक्रमण भएका छन्। हेब्रोन, कल्किलिया, नाब्लुस, रामल्लाह, जेनिन र सल्फितलगायत क्षेत्रमा यस्ता घटना भएका हुन्।

आक्रमणका क्रममा किसानमाथि कुटपिट गर्ने, उनीहरूलाई आफ्नै जमिनमा प्रवेश गर्न रोक्ने, कृषि उपज तथा उपकरण चोरी गर्ने र जैतुनका रूख काट्ने वा जलाउने घटना भएको काउन्सिलले जनाएको छ। किसानलाई हतियार देखाएर धम्क्याउने, पक्राउ गर्ने र गोली चलाउने घटनासमेत अभिलेख गरिएको छ।

वेस्ट बैंकमा जैतुन टिप्ने मौसम प्यालेस्टिनी किसानका लागि हरेक वर्ष तनावपूर्ण बन्ने गरेको छ। यस वर्ष पनि आफ्नो जमिनमा पुगेर कृषि उपज संकलन गर्ने क्रममा किसानहरू आक्रमणको जोखिममा परेको जनाइएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हुम्लामा रुघाखोकीको प्रकोप, तीन सातामा चार जनाको मृत्यु
14 घण्टा अगाडि

चङ्खेली गाउँपालिका–६ स्थित मेल्छाम स्वास्थ्य चौकीका इन्चार्ज हर्क बुढाका अनुसार मृत्यु हुनेहरू ...

छुटाउनुभयो कि ?

TOP