भाकल पूरा गर्न रवि लामिछाने भारतका धार्मिकस्थलको भ्रमणमा

भाकल पूरा गर्न रवि लामिछाने भारतका धार्मिकस्थलको भ्रमणमा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने कारागारमा रहँदा गरेको भाकल पूरा गर्न भारतका विभिन्न धार्मिकस्थलको भ्रमणमा निस्किएका छन्। उनी शुक्रबार धनगढी हुँदै भारततर्फ प्रस्थान गरेका हुन्।

धनगढी विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले भ्रमण पूर्ण रूपमा व्यक्तिगत र पारिवारिक रहेको बताए। कारागारमा रहँदा गरेको भाकल पूरा गर्न अहिले समय मिलेकाले तीर्थाटनमा निस्किएको उनको भनाइ छ।

उनले भ्रमणका क्रममा कुनै राजनीतिक भेटघाट नहुने स्पष्ट पार्दै व्यक्तिगत र राजनीतिक विषयलाई अलग राख्न आग्रह गरे।

लामिछानेको सचिवालयका अनुसार भ्रमणका क्रममा उनले परिवारसहित भारतको उत्तराखण्डस्थित कैंचीधाम र आसामको गुवाहाटीस्थित कामाख्या मन्दिरमा पूजाअर्चना गर्ने कार्यक्रम छ। तीनदिने भ्रमण पूरा गरी उनी कात्तिक ९ गते स्वदेश फर्किने सचिवालयले जनाएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हुम्लामा रुघाखोकीको प्रकोप, तीन सातामा चार जनाको मृत्यु
13 घण्टा अगाडि

चङ्खेली गाउँपालिका–६ स्थित मेल्छाम स्वास्थ्य चौकीका इन्चार्ज हर्क बुढाका अनुसार मृत्यु हुनेहरू ...

छुटाउनुभयो कि ?

TOP