एनपीएलका लागि पोखरामा बंगलादेशी अलराउन्डर सैफुद्दिन अनुबन्ध

एनपीएलका लागि पोखरामा बंगलादेशी अलराउन्डर सैफुद्दिन अनुबन्ध

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि पोखरा एभेन्जर्सले बंगलादेशी अलराउन्डर मोहम्मद सैफुद्दिनलाई अनुबन्ध गरेको छ। उनी पोखरामा आबद्ध हुने तेस्रो बंगलादेशी तथा पाँचौँ विदेशी खेलाडी हुन्।

पोखराले यसअघि बंगलादेशका शाकिब अल हसन र महेदी हसन तथा श्रीलंकाका धनन्जय लक्षण र चमिका करुणारत्नेलाई अनुबन्ध गरिसकेको छ।

२९ वर्षीय सैफुद्दिनले बंगलादेशका लागि ३० एकदिवसीय र ५१ टी-२० अन्तर्राष्ट्रिय खेल खेलेका छन्। उनले एकदिवसीयमा ४२ र टी-२० अन्तर्राष्ट्रियमा ५७ विकेट लिएका छन्।

उनको आगमनले पोखराको पेस बलिङ र तल्लो क्रमको ब्याटिङ थप बलियो हुने अपेक्षा गरिएको छ। श्रीलंकाका पूर्वस्पिनर अजन्था मेन्डिस मुख्य प्रशिक्षक रहेको पोखराले यस संस्करणमा पहिलो उपाधि जित्ने लक्ष्य राखेको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हुम्लामा रुघाखोकीको प्रकोप, तीन सातामा चार जनाको मृत्यु
13 घण्टा अगाडि

चङ्खेली गाउँपालिका–६ स्थित मेल्छाम स्वास्थ्य चौकीका इन्चार्ज हर्क बुढाका अनुसार मृत्यु हुनेहरू ...

छुटाउनुभयो कि ?

TOP