चर्चामा
मकवानपुर । अटिजम भएका बालबालिकालाई शिक्षा, सीप र आत्मनिर्भर बन्ने आधार दिँदै आएको हेटौँडास्थित सञ्जीवनी अटिजम केयर सेन्टर आफैँ आर्थिक तथा व्यवस्थापकीय सङ्कटमा परेको छ। सीमित स्रोतसाधनका बीच सञ्चालन भइरहेको सेन्टरमा अहिले २५ जना विशेष आवश्यकता भएका बालबालिका अध्ययनरत छन्।
अटिजम भएका बालबालिकालाई सामान्य विद्यालयमा भर्ना पाउन कठिन हुने र आवश्यक थेरापीका लागि काठमाडौँ वा भारतसम्म पुग्नुपर्ने बाध्यता देखेपछि हेटौँडाकी सुनिता सापकोटासहितका महिलाले सेन्टर सुरु गरेका थिए।
सेन्टरमा बालबालिकाको अवस्था र क्षमताअनुसार बोल्ने, आफ्ना आवश्यकता व्यक्त गर्ने, शौचालय प्रयोग गर्ने तथा सामाजिक व्यवहार सिकाउने अभ्यास गराइन्छ। साथै स्पिच, अकुपेशनल र बिहेभियर थेरापीसमेत प्रदान गरिँदै आएको छ। सेन्टरमा आएपछि बालबालिकाको सञ्चार क्षमता र व्यवहारमा सुधार देखिन थालेको सञ्चालकहरूको भनाइ छ।
हेटौँडासहित पर्सा, चितवन र रौतहटका अभिभावकले समेत आफ्ना बालबालिका सेन्टरमा ल्याउने गरेका छन्। तर, बालबालिकाको सङ्ख्या बढ्दै जाँदा दक्ष शिक्षक तथा थेरापिस्टको अभाव र आर्थिक स्रोतको अनिश्चितताले समस्या थपिएको छ।
सुरुमा हेटौँडा-४ को भाडाको कोठाबाट सञ्चालन गरिएको सेन्टर अहिले हेटौँडा-१६, हटियास्थित बन्द रहेको त्रिभुवन माध्यमिक विद्यालयको पुरानो भवनमा सञ्चालन भइरहेको छ। उक्त भवन स्थायी रूपमा उपलब्ध हुने सुनिश्चितता नहुँदा संस्थापक र अभिभावक बालबालिकाको भविष्यप्रति चिन्तित छन्।
अटिजम भएका बालबालिकालाई नयाँ वातावरणमा घुलमिल हुन समय लाग्ने भएकाले स्थान परिवर्तनले उनीहरूको सिकाइमा असर पर्न सक्ने सेन्टरकी संस्थापक सुनिता सापकोटाको भनाइ छ।
व्यक्तिगत प्रयास र सीमित स्रोतबाट मात्रै संस्था सञ्चालन गर्न कठिन हुँदै गएको भन्दै सञ्चालकहरूले स्थानीय सरकार, राज्य र समाजको सहयोग आवश्यक रहेको बताएका छन्। समयमै सहयोग नपाए बालबालिकालाई उपलब्ध गराउँदै आएको सेवा निरन्तरता दिन चुनौती हुने उनीहरूको चिन्ता छ।
चङ्खेली गाउँपालिका–६ स्थित मेल्छाम स्वास्थ्य चौकीका इन्चार्ज हर्क बुढाका अनुसार मृत्यु हुनेहरू ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!