साताको अन्त्यमा वर्षा र हिमपातको सम्भावना, केही स्थानमा भारी वर्षा हुने

साताको अन्त्यमा वर्षा र हिमपातको सम्भावना, केही स्थानमा भारी वर्षा हुने

काठमाडौँ । बङ्गालको खाडीमा विकसित हुने न्यूनचापीय प्रणालीको प्रभावले आगामी साताको अन्त्यमा देशका विभिन्न भू-भागमा वर्षा र हिमपात हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका मौसमविद् राजन महर्जनका अनुसार साताको सुरु र मध्यमा पश्चिमी वायुको आंशिक प्रभाव रहनेछ भने अन्त्यतिर न्यूनचापीय प्रणालीको प्रभाव देखिनेछ। त्यसका कारण पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना बढ्नेछ।

साताको अन्त्यमा कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू-भागका धेरै स्थानमा मध्यमसम्मको हिमपात हुन सक्नेछ। ती प्रदेशका थोरै स्थानमा भारी तथा एक-दुई स्थानमा धेरै भारी हिमपातको सम्भावना रहेको मौसमविद् महर्जनले बताए।

त्यस्तै, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू-भागका केही स्थानमा मध्यमसम्मको हिमपात तथा एक-दुई स्थानमा भारी हिमपात हुन सक्ने अनुमान छ। साताको सुरु र मध्यमा भने सबै प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपात हुन सक्नेछ।

पहाडी भू-भागमा साताको सुरु र मध्यमा सबै प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ। साताको अन्त्यमा भने केही स्थानमा मध्यमसम्मको वर्षा हुन सक्नेछ। कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थान तथा लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाको अनुमान छ।

तराई क्षेत्रमा साताको सुरु र मध्यमा वर्षाको सम्भावना नरहे पनि अन्त्यतिर कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मध्यमसम्मको वर्षा हुन सक्नेछ। सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा पनि वर्षा हुने सम्भावना छ।

महर्जनका अनुसार साताको अन्त्यमा बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा थोरै स्थानमा तथा कोशी, मधेस र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुन सक्नेछ।

आगामी सातामा देशका विभिन्न भू-भागको अधिकतम र न्यूनतम तापक्रमसमेत हल्का घट्ने सम्भावना रहेको मौसमविद् महर्जनले जानकारी दिए।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

रसुवा–भोटेकोशी बाढीले ७९ अर्बको निजी सम्पत्ति नष्ट
10 घण्टा अगाडि

काठमाडौं । गत भदौ १० गते रसुवा क्षेत्रमा आएको भोटेकोशी बाढीले निजी सम्पत्तिमा मात्रै ७९ अर्ब १७ करोड ...

छुटाउनुभयो कि ?

TOP