आज महानवमी पर्व, नवदुर्गाको विशेष पूजाआराधना गरिँदै

आज महानवमी पर्व, नवदुर्गाको विशेष पूजाआराधना गरिँदै

काठमाडौं । बडादसैँअन्तर्गत नवरात्रको अन्तिम दिन आज देशभर महानवमी पर्व श्रद्धा र भक्तिपूर्वक मनाइँदैछ। आश्विन शुक्ल नवमीका दिन मनाइने यस पर्वमा नवदुर्गा भगवतीको विशेष पूजाआराधना गरिन्छ।

महाअष्टमी आइतबार र सोमबार दुई दिन परेकाले आज महानवमी मनाउन लागिएको हो।

महानवमीका अवसरमा घटस्थापनाका दिन विधिपूर्वक राखिएको जमरा विभिन्न शक्तिपीठ तथा देवी मन्दिरमा चढाउने परम्परा छ। आज देशभरका दुर्गा मन्दिर, दशैँघर, कोत तथा शक्तिपीठहरूमा विशेष पूजा गरिँदैछ।

यस दिन बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको आराधना गर्ने परम्परा छ। साथै दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत तथा देवी स्तोत्र पाठ गरी नवदुर्गाको उपासना गरिन्छ।

महानवमीसँगै नवरात्रको धार्मिक अनुष्ठान सम्पन्न हुने भएकाले हिन्दू धर्मावलम्बीका लागि यस दिनलाई विशेष धार्मिक महत्त्वका रूपमा लिइन्छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?

TOP