बनेपामा ग्यास बुलेटको ठक्करबाट ९ वर्षीय बालकको मृत्यु, आमाबुबा गम्भीर घाइते

बनेपामा ग्यास बुलेटको ठक्करबाट ९ वर्षीय बालकको मृत्यु, आमाबुबा गम्भीर घाइते

बनेपा । काभ्रेको बनेपामा ग्यास बुलेटको ठक्करबाट मोटरसाइकलमा सवार ९ वर्षीय बालकको मृत्यु भएको छ भने उनका आमाबुबा गम्भीर घाइते भएका छन्।

बनेपा नगरपालिका-१३ भैँटेपाटीमा भएको दुर्घटनामा खोटाङको ऐसेलुखर्क गाउँपालिका-६, ज्यामिरेका जुवास बुढाथोकीको मृत्यु भएको हो।

दुर्घटनामा गम्भीर घाइते भएका बालकका आमाबुबाको सिर मेमोरियल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी मीनबहादुर घलेले जानकारी दिएका छन्।

प्रहरीले मोटरसाइकललाई ठक्कर दिने ग्यास बुलेटका चालकलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हुम्लामा रुघाखोकीको प्रकोप, तीन सातामा चार जनाको मृत्यु
13 घण्टा अगाडि

चङ्खेली गाउँपालिका–६ स्थित मेल्छाम स्वास्थ्य चौकीका इन्चार्ज हर्क बुढाका अनुसार मृत्यु हुनेहरू ...

छुटाउनुभयो कि ?

TOP