चाडपर्वमा उपहार लेनदेन नगर्न रास्वपाको नेता-कार्यकर्तालाई निर्देशन

चाडपर्वमा उपहार लेनदेन नगर्न रास्वपाको नेता-कार्यकर्तालाई निर्देशन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दसैँ, तिहार, नेपाल संवत् र छठ पर्वका अवसरमा शुभकामना आदानप्रदान गर्दा उपहार लिने–दिने काम नगर्न नेता तथा कार्यकर्तालाई निर्देशन दिएको छ। पार्टीका महामन्त्री विपिनकुमार आचार्यले आज शुभकामना सन्देश जारी गर्दै चाडपर्वमा उपहार आदानप्रदानलाई निरुत्साहित गर्ने नीति पार्टीले स्थापनाकालदेखि नै अपनाउँदै आएको बताएका छन्।

उनका अनुसार राजनीतिमा नागरिकको सद्भाव, आशीर्वाद र विश्वास नै सबैभन्दा ठूलो उपहार हो। चाडपर्वको मुख्य सन्देश निःस्वार्थ प्रेम, आपसी सद्भाव र आत्मीयता भएकाले उपहारको सट्टा यिनै मूल्यलाई प्राथमिकता दिनुपर्ने उनको भनाइ छ।

महामन्त्री आचार्यले सुसंस्कृत राजनीतिक संस्कार निर्माणमा सबैको साथ र सहयोगको अपेक्षा गर्दै स्वदेश तथा विदेशमा रहेका नेपालीलाई चाडपर्वको शुभकामना दिएका छन्।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?

TOP