चर्चामा
काठमाडौं, ३१ असोज। समाचारलाई लिएर विवाद बढेपछि नेपाल प्रहरीको साइबर ब्युरोले जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य हिमेश पन्तलाई छलफलका लागि बोलाएको छ।
श्रेष्ठविरुद्ध पन्तले साइबर ब्युरोमा निवेदन दिएपछि दुवै पक्षलाई सँगै राखेर छलफल गराउन लागिएको प्रहरी स्रोतले जनाएको छ। श्रेष्ठले पनि पन्तविरुद्ध निवेदन दिएका छन्।
प्रहरीको टोलीले श्रेष्ठलाई नख्खुस्थित निवासबाट ब्युरो लगेको छ भने पन्त पनि ब्युरेतर्फ गएको स्रोतले बताएको छ।
यसअघि साउन २७ गते काठमाडौं प्रहरी परिसरले श्रेष्ठलाई नियन्त्रणमा लिएर उनको निवासबाट ल्यापटप, कम्प्युटरलगायत विद्युतीय सामग्री बरामद गरेको थियो। त्यसपछि बन्दीप्रत्यक्षीकरणको रिटमा सुनुवाइ गर्दै सर्वोच्च अदालतले उनलाई थुनामुक्त गरी हाजिरी जमानी वा तारिखमा राखेर अनुसन्धान गर्न आदेश दिएको थियो। उनी भदौ १ गते हिरासतमुक्त भएका थिए।
चङ्खेली गाउँपालिका–६ स्थित मेल्छाम स्वास्थ्य चौकीका इन्चार्ज हर्क बुढाका अनुसार मृत्यु हुनेहरू ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!