गड्डाचौकी नाकामा लागुऔषध र विस्फोटक पदार्थ जाँच्न तालिमप्राप्त कुकुर परिचालन

गड्डाचौकी नाकामा लागुऔषध र विस्फोटक पदार्थ जाँच्न तालिमप्राप्त कुकुर परिचालन

कञ्चनपुरको गड्डाचौकी नाकामा लागुऔषध, हातहतियार तथा विस्फोटक पदार्थ नियन्त्रणका लागि सशस्त्र प्रहरीले दुईवटा तालिमप्राप्त कुकुर परिचालन गरेको छ।

‘अल्फा’ र ‘डेल्टा’ नामका कुकुरमध्ये अल्फाले लागुऔषध पत्ता लगाउनेछ भने डेल्टाले हातहतियार तथा विस्फोटक पदार्थ पहिचान गर्नेछ। दुवै कुकुर सीमा सुरक्षाबल गुल्ममै रहनेछन्।

प्रमुख जिल्ला अधिकारी मदन कोइरालाले सीमा क्षेत्रमा तालिमप्राप्त कुकुरको आवश्यकता रहेको बताउँदै यसले सुरक्षा जाँचलाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गरेका छन्।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हुम्लामा रुघाखोकीको प्रकोप, तीन सातामा चार जनाको मृत्यु
14 घण्टा अगाडि

चङ्खेली गाउँपालिका–६ स्थित मेल्छाम स्वास्थ्य चौकीका इन्चार्ज हर्क बुढाका अनुसार मृत्यु हुनेहरू ...

छुटाउनुभयो कि ?

TOP