अफगानिस्तानमा दुई कार ठोक्किँदा चार जनाको मृत्यु, तीन जना गम्भीर घाइते

अफगानिस्तानमा दुई कार ठोक्किँदा चार जनाको मृत्यु, तीन जना गम्भीर घाइते

काठमाडौं । अफगानिस्तानको उत्तरी कुन्दुज प्रान्तमा दुई सवारीसाधन एकआपसमा ठोक्किँदा कम्तीमा चार जनाको मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन्।

समाचार संस्था सिन्ह्वाका अनुसार शुक्रबार साँझ कुन्दुज प्रान्तको दश्त अबदान क्षेत्रमा तीव्र गतिमा रहेका टोयोटा फोररनर र विपरीत दिशाबाट आइरहेको टोयोटा कोरोला कार एकआपसमा ठोक्किएका थिए।

दुर्घटनामा दुवै सवारीसाधनमा सवार चार जनाको घटनास्थलमै मृत्यु भएको प्रहरी अधिकारीले जानकारी दिएका छन्। दुर्घटनामा घाइते भएका तीन जनाको अवस्था गम्भीर रहेको बताइएको छ।

दुर्घटनाको कारण तथा घाइतेहरूको उपचारबारे थप विवरण सार्वजनिक भएको छैन।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हुम्लामा रुघाखोकीको प्रकोप, तीन सातामा चार जनाको मृत्यु
14 घण्टा अगाडि

चङ्खेली गाउँपालिका–६ स्थित मेल्छाम स्वास्थ्य चौकीका इन्चार्ज हर्क बुढाका अनुसार मृत्यु हुनेहरू ...

छुटाउनुभयो कि ?

TOP