चर्चामा
गुल्मी । गुल्मीमा आफ्नै भाउजुलाई कुटपिट गरी हत्या गरेको आरोपमा देवर पक्राउ परेका छन्।
मालिका गाउँपालिका–२, खोलाखर्कका ४६ वर्षीय बलबहादुर खत्रीले मादक पदार्थ सेवन गरी आफ्नै भाउजु ४२ वर्षीया लिला खत्रीलाई कुटपिट गरेको प्रहरीले जनाएको छ। कुटपिटबाट गम्भीर घाइते भएकी लिलाको उपचारका क्रममा बुधबार मृत्यु भएको हो।
घटनापछि प्रहरीले बलबहादुर र उनका ७६ वर्षीय बुबा भक्तबहादुर खत्रीलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको थियो।
गम्भीर घाइते लिलालाई उपचारका लागि पाल्पास्थित लुम्बिनी मेडिकल कलेज लगिएको थियो। पछि घर लैजाने क्रममा अवस्था असामान्य देखिएपछि उनलाई जिल्ला अस्पताल गुल्मी, तम्घास पुर्याइएको थियो। अस्पतालमा चिकित्सकले दिउँसो २ बजे उनलाई मृत घोषणा गरेका थिए।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
बैतडीमा आइतबार दिउँसो ४.२ म्याग्निच्युडको भूकम्प गएको छ। भूकम्प मापन केन्द्र, सुर्खेतका अनुसार दिउँस ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!