म्याद गुज्रेका सामान बेच्ने व्यवसायलाई साढे ५ लाख नजिक जरिवाना

म्याद गुज्रेका सामान बेच्ने व्यवसायलाई साढे ५ लाख नजिक जरिवाना

झापा — म्याद गुज्रिएका तथा खान अयोग्य वस्तु बिक्री गर्ने र उपभोक्तासँग बढी मूल्य असुल्ने पाँच व्यवसायलाई झापामा ५ लाख १५ हजार रुपैयाँ जरिवाना गरिएको छ। जिल्ला प्रशासन कार्यालय झापाले बजार अनुगमनका क्रममा कैफियत भेटिएका व्यवसायमाथि कारबाही गरेको हो।

भदौ २० देखि असोज २८ गतेसम्म गरिएको अनुगमनका क्रममा १३४ वटा व्यवसायको निरीक्षण गरिएको थियो। त्यस क्रममा करिब २ लाख ४० हजार रुपैयाँ मूल्य बराबरका म्याद गुज्रिएका तथा खान अयोग्य वस्तु बरामद गरी नष्ट गरिएको प्रशासनले जनाएको छ।

कारबाहीमा दास किराना स्टोर र शिवम् ट्रेड एन्ड सप्लायर्सलाई जनही २ लाख रुपैयाँ जरिवाना गरिएको छ। अन्य तीन व्यवसायलाई १५ हजारदेखि ५० हजार रुपैयाँसम्म जरिवाना गरिएको छ।

चाडपर्वका समयमा उपभोक्ताको स्वास्थ्यमा असर पार्ने र अनुचित व्यापारिक गतिविधि हुन सक्ने भएकाले बजार अनुगमनलाई निरन्तरता दिइने जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हुम्लामा रुघाखोकीको प्रकोप, तीन सातामा चार जनाको मृत्यु
14 घण्टा अगाडि

चङ्खेली गाउँपालिका–६ स्थित मेल्छाम स्वास्थ्य चौकीका इन्चार्ज हर्क बुढाका अनुसार मृत्यु हुनेहरू ...

छुटाउनुभयो कि ?

TOP