चर्चामा
काठमाडौ ।भोटेकोशी बाढीबाट प्रभावित बालबालिकाको हेरचाह, संरक्षण तथा दीर्घकालीन सहयोगका लागि एसओएस बालग्राम नेपाल र राष्ट्रिय बाल अधिकार परिषद् बिच पाँचवर्षे समझदारी पत्रमा हस्ताक्षर भएको छ।
बाढीबाट प्रभावित बालबालिकाको अधिकार संरक्षण सुनिश्चित गर्ने, उनीहरूको परिवारको पुनःस्थापनामा सहयोग पुर्याउने तथा बालबालिकालाई सुरक्षित र स्नेहपूर्ण पारिवारिक वातावरणमा हुर्कने अवसर प्रदान गर्ने उद्देश्यले दुई संस्थाबिच समझदारी गरिएको हो।
यस समझदारीले बाढी प्रभावित बालबालिका तथा परिवारको हेरचाह, संरक्षण र दीर्घकालीन सहयोगका कार्यक्रमलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।
एसओएस बालग्राम नेपालका अनुसार यस पहलले विपद्का कारण जोखिममा परेका बालबालिकाको संरक्षण र प्रभावित परिवारको पुनःस्थापनामा महत्त्वपूर्ण भूमिका खेल्नेछ। साथै, सम्भव भएसम्म बालबालिकालाई आफ्नै परिवारमा सुरक्षित वातावरणमा हुर्कने अवसर प्रदान गर्न सहयोग पुग्ने विश्वास गरिएको छ।
पाँच वर्षका लागि गरिएको यस सहकार्यले भोटेकोशी बाढी प्रभावित बालबालिकाको अधिकार संरक्षण र सुरक्षित भविष्य निर्माणका लागि दीर्घकालीन सहयोगको आधार तयार गर्ने अपेक्षा गरिएको छ।
चङ्खेली गाउँपालिका–६ स्थित मेल्छाम स्वास्थ्य चौकीका इन्चार्ज हर्क बुढाका अनुसार मृत्यु हुनेहरू ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!