चर्चामा
काठमाडौ ।दसैँ मनाउन घर फर्किने यात्रुको संख्या बढ्दै गएको छ । घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार ७५३ जना यात्रुले काठमाडौं उपत्यका छाडेका छन् ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेका अनुसार ३७ हजार ९६४ वटा सवारीसाधनमार्फत ती यात्रु उपत्यकाबाट बाहिरिएका हुन् ।
उपत्यका छाड्ने यात्रुमध्ये एक लाख १५ हजार ८६ जना महिला र एक लाख ६१ हजार १६७ जना पुरुष रहेका छन् । अध्ययन, रोजगारी तथा विभिन्न पेसा व्यवसायका सिलसिलामा काठमाडौंमा बसोबास गर्दै आएका नागरिक दसैँ मनाउन आफ्नो गृहजिल्ला फर्किन थालेपछि बसपार्क र प्रमुख सडक नाकामा यात्रुको चाप बढेको छ ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार नागढुङ्गा, फर्पिङ, थानकोट, भीमढुङ्गा, तीनपिप्ले, साँखु, भक्तपुर र भट्टेडाँडालगायत नाकाबाट यात्रु बाहिरिने क्रम जारी छ ।
यात्रुको चाप बढेसँगै ती नाकामा सवारी आवागमन सहज बनाउन ट्राफिक प्रहरीले विशेष व्यवस्थापन गरिरहेको जनाएको छ ।
चङ्खेली गाउँपालिका–६ स्थित मेल्छाम स्वास्थ्य चौकीका इन्चार्ज हर्क बुढाका अनुसार मृत्यु हुनेहरू ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!